अपडेट : राजदेवीमा बलीको लागी आउने खँसी चढाईने !
जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड, मेलाठेला नलगाउन सूचना जारी गरिसकेको

२०७७ कार्तिक ७ शुक्रबार, बिहान १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राजदेवीमा यसपाली कोरोना भन्दै बोकाबली नहुने भन्दै स्थानीय प्रशासनले रोक लगाएपनि थोरै सँख्यामा आउने बोकाबली भने हुने बताईएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोनाको महामारी भन्दै भीडभाड नगर्न आग्रह गरेपनि शुक्रबार सप्तमी तिथिको दिन हजारौंको सँख्यामा अन्य बर्षझैं श्रद्धालुहरुको भीड देखिएको छ भने बलीको लागि शनिबार आउने खँसी भने चढाईने आयोजक समितिको निकट श्रोतले जनाएको छ ।
गाउँ गाउँबाट हजारौंको सँख्यामा आएको श्रद्धालुहरुले खोईच भराई, प्रसाद चढाई कार्यक्रममा सहभागीता जनाएको छ । समाजिक दुरी कायम गरी र भीड कम गरी पूजाअर्चन तथा खोईच भराई गराउने भनेपनि आयोजक महाबीर युवा कमिटीले भने व्यवस्थापन गर्न सकेको छैनन् । भीड कम गर्नकै लागि प्रशासनले बोकाबली गर्न नदिने भनेपनि अवस्था पनि अनियन्त्रित देखिएको छ ।
कोरोको महामारी चलिरहँदा राजदेवी मन्दिर नजिक केही पसलहरुले निःशुल्क रुपमा मास्क वितरण गरेपनि श्रद्धालुहरुले मास्क नै नलगाएर खचाखच राजदेवी मन्दिर परिसर भरिभराउ गरेको छ । प्रत्येक वर्ष सप्तमी तिथिको दिन हुने खोईच भराई कार्यक्रम यस वर्षपनि पूर्वझैं जारी रहेको छ ।
बोकाबली नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ भने आयोजक महावीर युवा कमिटिले भने प्रशासनले भनेपछि व्यवस्थापन गरेर भएपनि बोकाबली गर्ने भनेका थिए । सोही अनुसार, बोकाबलीको लागि राजदेवीमा आउने बोका (खँसी) को बली कार्यक्रम हुने बताईएको छ ।
छिमेकी मुलुक भारतबाट समेत हजारौंको सँख्यामा आउने श्रद्धालुहरुमा बोकाबलीलाई लिएर अलमलता रहेपनि बोकाबली भने हुने लगभग पक्कापक्की भएको छ । यद्यपी, महावीर युवा कमिटिले यसपाली बोकाबलीको लागि खँसी नल्याउन आग्रह गरेका छन् ।
कमिटिले अर्को बर्ष मात्र अवस्था समान्य भएपछि खँसी ल्याउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड, मेलाठेला नलगाउन सूचना जारी गरिसकेको छ ।
#Rajdevi #bokabali
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…