प्रादेशिक अस्पताल र मन्त्रालयको लापरवाहीले राजु सदाको मृत्यू भएको निष्कर्ष
बिरामी आइसोलेसन बेडबाट झरेको भनिए पनि सिसिक्यामेरा बिग्रिएकाले कतिवेला स्वास्थ्यकर्मी पुगे भन्ने यकिन नभएको प्रतिवेदनमा उल्लेख

२०७७ कार्तिक ४ मंगलबार, बिहान ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत असार २४ गते जनकपुरको प्रादेशिक अस्पतालमा छटपटाएर मृत्यू भएको धनुषा राजु सदा मृत्यू प्रकरणमा अस्पताल र मन्त्रालयको दोष दिइएको छ ।
राजु सदाको अस्पतालमा मृत्यू भएपछि बनेको छानबिन समितिले दिएको प्रतिवेदन (रिपोर्ट) मा प्रदेश नं. २ का समाजिक विकास मन्त्रालय र प्रादेशिक अस्पताल जनकपुरको लापरवाही देखिएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ पर्साही बस्ने १५ बर्षिय राजु सदाको गत असार २४ गते प्रादेशिक अस्पतालमै छटपटाएर मृत्यू भएपछि दलित समुदायहरुले चर्को विरोध, नारा, जुलस गर्दै निष्पक्ष छानबिनको लागि माग गरेको थियो ।
झाडापखाला लागेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका राजुको अस्पताल प्रशासन र समाजिक विकास मन्त्रालयको लापरवाही देखाएको छ । यसको छानबिनका लागि प्रदेश सभाले नेकपाका सांसद रवीन्द्र बैठाको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिमा चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेश यादव र सावित्रीदेवी साह सदस्य रहेका थिए । सोमबार छानबिन समितिले प्रदेशका सभामुख सरोजकुमार यादवलाई अध्ययन तथा छानबिन प्रतिवेदन बुझाएको छ ।
समितिको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरबाही भएको उल्लेख गरिएको छ । त्यस्तै, घटनाको सम्बन्धमा पटक–पटक जानकारी माग्दा वास्ता नगरेको, महामारीको वेला अस्पतालको व्यवस्थापकीय पक्षसमेत कमजोर रहेको र मानवीय स्वास्थ्य संवेदनशीलतामा समेत मन्त्रालयले ध्यान नदिएको प्रतिवेदनमा औँल्याइएको छ ।
प्रयोगशालाले समयमा रिपोर्ट नदिएकाले पनि सदाको उपचार प्रभावकारी रूपमा हुन नसकेको जनाएको छ । बिरामी आइसोलेसन बेडबाट झरेको भनिए पनि सिसिक्यामेरा बिग्रिएकाले कतिवेला स्वास्थ्यकर्मी पुगे भन्ने यकिन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
#Raju_Sada #PradeshikHospital_Janakpur #Death #Corona
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…