जनकपुरको राजदेवीमा कुम्भिण्डो (कुम्हर) को बली दिइने, खँसी भने नचढने !
राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीको राती एक दिन मात्र बली प्रदान गरिने परम्परा रहिआएको छ ।

२०७७ कार्तिक ३ सोमबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीलाई प्रत्येक वर्ष चढाउँदै आएको बोकाबली (खँसी) यसपाली नचढने पक्कापक्की भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम प्रसाद भट्टराईले वर्तमान अवस्थालाई मध्यनजर गर्दै बोकाबली नहुने बताएका छन् । मन्दिरमा बोकाबली नदिँदा अनिष्ट हुने विभिन्न कालखण्डमा जनविश्वास अनुसार राजदेवीसँग क्षमापूजा गर्ने निर्णय गरिएको छ ।
सोही क्रममा बोकाबली नदिएर यसपाली कुम्भिण्डो (तराई मधेशमा कुम्हर भनिन्छ) को बली दिएर क्षमापूजन गर्ने सिडिओ भट्टराईले बताए । राजदेवी मन्दिरमा अन्य वर्षहरुझै अहिले पनि श्रद्धालुहरुको भीड लाग्ने गरेको छ । यद्यपी, प्रशासनले अत्यधिक भीड नगर्न र नगराउन स्थानीय सरोकारबालासँग पनि आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभिण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको हो ।
बली प्रदानलाई रोक्दा पर्न सक्ने प्रभावको भागिदार हुने विभिन्न कालखण्डलाई मध्यनजर गर्दै सिडिओ भट्टराईले जिल्लावासीहरुको तर्फबाट उनले नै कुम्भिण्डोको बली प्रदान गरी क्षमापूजन गर्ने जनाए ।
राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीको राती एक दिन मात्र बली प्रदान गरिने परम्परा रहिआएको छ । प्रत्येक वर्ष १ दिन मात्र खोईच भराई र प्रसाद अर्पण कार्यक्रम भएपनि यसपाली ७ दिनसम्म गरिएको हो ।
#Rajdevi #Janakpur #Kumharbali #Dashain #कुम्भिण्डो #कुम्हर
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…