मधेशीहरुको पीडामा 'गैरआवासीय मधेशी सँघ' सहयात्री, ४ परिवारलाई आर्थिक सहयोग
दुःख रहेको बेला मधेशीहरुलाई निरन्तर सहयोग गर्ने क्रममा सो राशी सहयोग

२०७७ असोज ३० शुक्रबार, दिउँसो १२:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । परदेशमा मधेशीहरुको सहयात्री बनेका गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले निरन्तर मधेशीहरुलाई पीडाको बेला सहयोग जारी राखेका छन् ।
सोही क्रममा धनुषाको सबैला नगरपालिकाबाट साउदी अरेबिया वैदेशिक रोज़गारीमा गएका मधेशीहरुले ४ परिवारलाई गैर आवासीय मधेशी संघ मार्फ़त आर्थिक सहयोग गरेका छन्।
कोरोना महामारीका कारण ठुलो कार्यक्रम नगरि जनमत पार्टीका पदाधिकारीहरुले स–साना भेला गरी बिप्पन्न परिवारलाई ती सहयोग राशी हस्तान्तरण गरेका छन्।
ब्लड कैन्सरबाट पीड़ित धनूषा सबैला नगरपालिका वडा नं. ३ का मनोज राउतलाई आवश्यक उपचारका लागी ३० हजार रुपैयाँ सहयोग गरिएको छ । गैर आवासीय मधेशी सँघसँग आवद्ध पदाधिकारीहरुले दुःख रहेको बेला मधेशीहरुलाई निरन्तर सहयोग गर्ने क्रममा सो राशी सहयोग गरिएको हो ।
विपन्न अवस्थामा रहेका धनुषा सबैला नगरपालिका वडा नं. ८ ठिल्लाका बूधना मंडललाई पशुपालन गरेर जीविका चलाउन पनि १५ हजार रुपैयाँ सहयोग गरिएको हो । त्यसै गरी धनूषा सबैला नगरपालिका वडा नं. ३ सबैलाकी एकल महिला गूलाबो देबी साहलाई पशुपालन गरी आय आर्जनमा सहयोगका लागी १० हजार रुपैयाँ प्रदान गरिएको छ।
त्यस्तै शारीरिक र आर्थिक रूपले कमजोर धनूषा चारनाथ न।पा। पथराही टोलका मोहम्मद ककुलतालाई सानो उद्योग ब्यवसायका लागी २० हजार रुपैयाँ सहयोग गरिएको छ।
एकातिर सत्ताधारी पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको, सरकार चलाउन असक्षम साबित भईसकेको, खोक्रो नारामा सीमित भएको, साधारण जनतालाई बर्षौं देखी सपनाको भूल भूलैयामा राखेको अवस्थामा जनमत पार्टीले मधेश देखि बिदेश सम्म मधेशीहरुका लागी काम गर्दै आईरहेको आरोप गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष ई. बसन्त कुशवाहाको छ ।
बिदेशमा रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले वैदेशिक रोज़गारमा रहेका मधेशीहरुको हकहितका लागी सदैव काम गर्दै आएको संगठन हो। ४५ देशमा प्रतिनिधित्व गर्दै आएको यस संगठनमा हाल २ लाख भन्दा बढ़ी सदस्यहरु आबद्ध छन्।
गैर आवासीय मधेशी संघ साउदी अरेबियाका त्रिलोकी साह, गूलाब भगत, बलेशवर यादव, भूनेशवर मंडल, जहिर खान, फिरोज खान लगायतका स्वराजीहरुले सहयोग र समन्वय गरेका छन्, भने सबैलामा आर्थिक सहयोग वितरणका लागी जनमत पार्टीका अनिता साह, दिपनरायण यादव, संजय प्रधान, बबीता यादव, राकेश राउत, नारायण नायक, प्रभुनरायण यादव र बिजय यादव लगायतका स्वराजीहरुले समन्वय गरेको ई. कुशवाहाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…