सिरहामा जनमतको सरसफाई
न्यूज ब्यूरो, सिरहा । सिरहामा जनमत पार्टीका युवा नेता तथा कार्यकर्ताहरु मँगलबार सरसफाई कार्यक्रम गरेका छन् । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १९ सन्हैठा स्थित कार्यकर्ताहरुले सरसफाई गरेका हुन् । मौसममा आएको परिवर्तनसँगै तराई मधेशमा चाड पर्वको समेत आगमन भएको भन्दै मठ मन्दिर तथा सार्वजनिक ठाउँमा

२०७७ असोज २८ बुधबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा जनमत पार्टीका युवा नेता तथा कार्यकर्ताहरु मँगलबार सरसफाई कार्यक्रम गरेका छन् ।
सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १९ सन्हैठा स्थित कार्यकर्ताहरुले सरसफाई गरेका हुन् । मौसममा आएको परिवर्तनसँगै तराई मधेशमा चाड पर्वको समेत आगमन भएको भन्दै मठ मन्दिर तथा सार्वजनिक ठाउँमा सरसफाई गरिएको हो ।
जनमत पार्टीका युवा नेता रघुन्दन यादबको अगुवाईमा आयोजना गरिएको सो सफाई कार्यक्रमको लागि केन्द्रीय सदस्य राजकुमार त्यागी , विजय यादब ,रोशन यादब ,करन यादब ,विष्णु राम , मनोज राम , राम प्रकाश यादब लगायतका युवाहरुले सरसफाईमा सहभागी भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…