शहिदनगरका थप एक पुरुषको कोरोनाबाट मृत्यू
कोरोना पुष्टि भएकोमा आज बिहिबार साँझ ५ बजे उनको उपचारकै क्रममा मृत्यू भएको

२०७७ असोज २२ बिहीबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा थप एक जना पुरुषको कोरोना सँक्रमणबाट मृत्यू भएको बताइएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ चिरैया बस्ने अन्दाजी बर्ष ७० को पुरुषको कोरोनाबाट मृत्यू भएको हो । उनको बिहिबार साँझ करिब ५ बजेको समयमा मृत्यू भएको जनाइएको छ ।
लामो समयदेखि मुटु, दम तथा डायबिटिज रोगबाट ग्रसित ती पुरुषको स्वाशप्रश्वासमा समस्या भएपछि उनलाई गत असोज १८ गते जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । आईसियूमा राखेर उपचार गराईरहेका उनलाई असोज २१ गते बुधबार कोरोना पुष्टि भएको थियो ।
शंकाको आधारमा गरिएको स्वाब परीक्षणपछि उनमा कोरोना पुष्टि भएकोमा आज बिहिबार साँझ ५ बजे उनको उपचारकै क्रममा मृत्यू भएको हो ।
उनको मृत्यूपछि धनुषाको महेन्द्रनगर स्थित श्रीनाथगणबाट खटेको कोविड १९ शव व्यवस्थापन टोलीले मृतको शवलाई शहिदनगर नगरपालिका वडा नं. १ स्थित कमला नदीको रामघाटमा व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…