डायन (बोक्सी) भन्दै महिला कुट्ने यादव पक्राउ
यादवलाई नेपाल भारत सीमा क्षेत्र नजिक सिरहा जिल्लाको ठाडी स्थितबाट नियन्त्रणमा लिएको–प्रदेश प्रहरी

२०७७ असोज २२ बिहीबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा एक महिलालाई डायन (बोक्सी) भन्दै कुटपिट गरी फरार रहेका एक जना आरोपित पक्राउ परेका छन् ।
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने राम नारायण यादवकी श्रीमति मुर्ती देवी यादवलाई उनकै घरमा पसेर बोक्सी भन्दै कुटपिट गरी फरार रहेका सँतोष यादवलाई पक्राउ गरिएको छ ।
मूर्ति देवी यादवलाई बोक्सी भन्दै उनकै घरमा गएर स्थानीय कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादव समेत ८ जना फरार रहेका थिए । बोक्सी कसुर अन्तर्गत मुद्धाको सम्बन्धमा गत भदौ २७ गते मुर्ती देवि यादवलाई घरबाट रातको ११स०० बजे बोलाई प्रतिवादी धर्मनाथ यादवको घरमा लगी सामुहिक रुपमा कुटपिट गरेको बताइएको छ ।
कुटपिट गरी २ वटा दाँत भाँचिएको र मरणासन्न हुने गरी बोक्सीको आरोपमा कुटपिट गरेको घटनामा ८ जना फरार रहेकोमा सँतोषलाई पक्राउ गरिएको हो । प्रतिवादीहरु खोजतलास गर्ने क्रममा बुधबार दिन २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यादवलाई नेपाल भारत सीमा क्षेत्र नजिक सिरहा जिल्लाको ठाडी स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…