धनुषा धनौजीको नव दुर्गा समितिमा राम बाबु साह सहित पुरै प्यानल विजयी
न्यूज ब्यूरो, धनुषा । प्रत्येक वर्ष दशैंमा भव्य र धुमधामका साथ मनाउँदै आएको दुर्गा पूजाको लागि समिति चयन गरिएको छ । मतदानको मार्फत धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी स्थित रहेको दुर्गा मन्दिरको लागि नव दुर्गा समितिको अध्यक्षमा रामबाबु साह सहित उनका पुरै प्यानल नै विजयी भएको हो । गत असोज २० गते

२०७७ असोज २२ बिहीबार, दिउँसो २:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । प्रत्येक वर्ष दशैंमा भव्य र धुमधामका साथ मनाउँदै आएको दुर्गा पूजाको लागि समिति चयन गरिएको छ ।
मतदानको मार्फत धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी स्थित रहेको दुर्गा मन्दिरको लागि नव दुर्गा समितिको अध्यक्षमा रामबाबु साह सहित उनका पुरै प्यानल नै विजयी भएको हो ।
गत असोज २० गते विहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चलेको थियो । सो क्रममा राम बाबु साहले ४०० मत प्राप्त गरी विजयी भएका हुन भने उनका निकटम प्रतिद्धन्दी शिवो साह ३०८ मत ल्याएर पराजित भएका छन् । अध्यक्षका अर्का दाबेदार सियाराम साह सुडीले २०९ मत प्राप्त गरी पराजीत भएका हुन् ।
समितिको लागि जम्मा खसेको ९ सय ६५ मतमध्ये ४८ वटा भोँट बदर भएको निर्वाचन समितिले जनाएको छ । सो मध्ये रामबाबू साहले सबभन्दा अधिक मत ल्याएर समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
समितिको २ बर्षे कार्यकालको लागि उपाध्यक्षमा बिमला देवी मिश्राले ३ सय ८२ मत प्राप्त गरी विजयी भएकी हुन् । जय प्रकाश मण्डल ३ सय ८४ मत प्राप्त गरी कोषाध्यषको रुपमा चयन भएका छन् भने गणेश पण्डित सचिवमा चयन भएका हुन् ।
समितिको सह सचिवमा बेचन यादवलाई छनौट गरिएको छ भने सदस्यहरुमा शिवजी साह, विलेक्षण मण्डल, विकरु मण्डल, राम लखन पण्डित लगायतका रहेका छन् ।
दुर्गा मन्दिरको लागि बनेको समितिले दशैंमा भव्य र धुमधामका साथ दुर्गा पूजन आयोजना गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…