सिरहामा प्रहरी हिरासतबाटै ड्रगस मुद्दामा थुनुवा फरार, सयौँ प्रहरी खोज्दै
लागुऔषध मुद्दाका आरोपित रहेका दासलाई प्रहरीले अदालतमा म्याद थपको लागि लगिएकोमा उनले प्रहरीलाई पन्छाएर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यता, प्रहरीको मिलोमत्तोमा लागुऔषध मुद्दाका आरोपितलाई भगाएको हुन सक्ने आरोप लगाईएको छ । घटनाको पुष्टि जिल्ला प्रहरी सिरहाका एसपीले गरेका हुन् ।

२०८३ असोज २२ बिहीबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतबाट एक थुनुवा फरार भएको छ । लागुऔषध मुद्दामा आरोपित जिल्ला अदालत परिसरबाट फरार भएको प्रहरीले जनाएको छ ।
बुधबार (हिजो) पक्राउ परेका सिरहाका सतिश दासलाई म्याद थपको लागि जिल्ला अदालत सिरहामा लगेको अवस्थामा प्रहरी हिरासतबाटै फरार भएका हुन् ।
लागुऔषध मुद्दाका आरोपित रहेका दासलाई प्रहरीले अदालतमा म्याद थपको लागि लगिएकोमा उनले प्रहरीलाई पन्छाएर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यता, प्रहरीको मिलोमत्तोमा लागुऔषध मुद्दाका आरोपितलाई भगाएको हुन सक्ने आरोप लगाईएको छ । घटनाको पुष्टि जिल्ला प्रहरी सिरहाका एसपीले गरेका हुन् ।
फरार भएका दासलाई खोज्न सिरहाका सयौँ प्रहरी खटाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…