जनकपुरमा छत र कुर्शीबाट लडेर दुई जनाको मृत्यू !
स्टेशन नजिकै रहेको धनुषा अस्पतालमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेको

२०७७ असोज १८ आइतबार, दिउँसो ४:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा छतबाट लडेर एक पुरुषको मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित सो घटना भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशन प्रहरी चौकीको पछाडी बस्ने स्थानीय बर्ष ५५ का त्रिपालचन्द्र जैनको ज्यान गएको वडा प्रहरी कार्यालय स्टेशनले जनाएको छ ।
आज दिउँसो करिब सवा १ बजेको समयमा जैनले आफ्नै घरको एस्सी सफाई गरिरहेको बेला चिप्लेर दोस्रो तल्लाबाट लडेपछि उनको मृत्यू भएको परिवारजनलाई उदृत गर्दै प्रहरीले जनाएको छ । चिप्लेर खसेको हुन सक्ने अनुमान गरिएको छ ।
जैन छतबाट लडेपछि उनका परिवारजनले उपचारको लागि स्टेशन नजिकै रहेको धनुषा अस्पतालमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेको जनाएका छन् ।
सोही क्रममा जनकपुरमै थप एक जना व्यापारीको मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ स्थित रहेको मोनाष्टिक स्कूल अगाडी साईकल पसल थाप्दै आएका बर्ष ५२ का जयराम प्रसाद साहको मृत्यू भएको हो ।
आफ्नै घरमा कुर्शीमा बसिरहेको बेला अचानक लडेपछि उनलाई उपचारको लागि धनुषा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको जनाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ बस्ने साहको कुन कारणले मृत्यू भएको बारे अहिले नखुलेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…