सिरहाः बलात्कार आरोपमा वडाध्यक्ष मियाँ विरुद्ध जाहेरी 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार वडाध्यक्षको खोजी कार्य जारी रहेको

२०७७ असोज १७ शनिबार
दिउसो ३:२२ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँविरुद्ध जबरदस्ती करणी (बलात्कार)  गरेको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दर्ता गराएकी छन् ।

 

एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएकी हुन् । ‘घटना भएकै हो,’ जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले भने, ‘घटनाबारे अनुसन्धान जारी छ । अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउने छ ।’


आरोपबारे बुझ्न वडाध्यक्ष मियाँसँग गरेको पटक पटकको फोन प्रयास सफल हुन सकेन् । श्रोतका अनुसार शुक्रवार दिउसै देखि वडाध्यक्ष सम्पर्क विहिन बनेका छन् । 


वडा कार्यालयमा समेत नआएको कार्यालय श्रोतको दाबी छ । घटनाको गाईगुई हल्ला चलेपछि वडाध्यक्ष मियाँ फरार भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार वडाध्यक्षको खोजी कार्य जारी रहेको छ । नेकपाबाट वडाध्यक्षमा निर्वाचित भएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७७ असोज १७ शनिबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus