धनुषाको हँसपुर नगरपालिकामा 'सँत कबिर भवन' बन्दै
गुरु जुगेश्वर दासले सो आश्रमको लागि नगरपालिका सहित मेयर मण्डलसँग आग्रह गरेका थिए ।

२०७७ असोज १६ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा मोटो लगानीमा सत कविर आश्रम भवन बन्न सुरु भएको छ ।
एक कार्यक्रमबीच विहिबार नगरपालिकाका मेयर राम ज्ञान मण्डलले सो भवनको शिलान्यास गरेका हुन । २७ लाख ५० हजारको लागतमा हिन्दुहरुको आस्थाको रुपमा सो भवन निर्माण हुन लागेको जनाइएको छ ।
हँसपुर नगरपालिका वडा नं. ८ स्थित सो भवन बन्न लागेको नगर प्रमुख मण्डलले बताए । उनले प्रत्येक चैत्तै पूर्णिमाको दिन नेपालको विभिन्न ठाउँ सहित भारतबाट समेत सँतहरु आउँदा बस्ने र भजनको लागि समस्या हुँदै आएको भन्दै जनताहरुको आग्रहमा सो भवनको शिलान्यास गरिएको हो ।
भवन नभएको अवस्थामा सँतहरुलाई राख्न कठिनाई हुँदै आएको भन्दै सँतहरुको लागि सो भवन नगरपालिकाले बनाइदिने भएको छ । नगरकी उप प्रमुख रेणु झा, वडा नं. ८ का वडाध्यक्ष सहित विभिन्न वडाका वडाध्यक्ष , नागरिक समाज, बुद्धिजीवहरुको रोहबरमा शिलान्यास गरिएको हो ।
सम्पूर्ण ग्रामवासीले आयोजना गरेको सो शिलान्यास कार्यक्रममा मेयर मण्डलले उनका गुरु जुगेश्वर दास महात्माको गुनगान गरे । मेयर मण्डलले दास आफ्नो पनि मूल गुरु रहेको बताउँदै स्थानीयहरुको मनोभावना अनुसार सो स्थानमा कविर आश्रम निर्माण गर्न लागिएको बताए ।
गुरु जुगेश्वर दासले सो आश्रमको लागि नगरपालिका सहित मेयर मण्डलसँग आग्रह गरेका थिए । सोही अनुसार गाउँलेहरुले समेत स्थानीय जनप्रतिनीधिलाई आस्थाको केन्द्रको लागि कविर आश्रम बनाइदिन आग्रह गरेपछि सो भवन निर्माण हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…