नाचमा लडफडा हुँदा प्रहरीमाथि ढुङ्गामुढा, १ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहामा स्थानीयहरुले प्रहरीमाथि ढुँगामुढा गरेको आरोपमा १ जनालाई पक्राउ गरिएको छ । सिरहा जिल्लाभरिमा निषेधाज्ञामा कुनै पनि बहानामा भीडभाड नगर्न स्थानीय प्रशासनले उर्दी जारी गरेपनि नाचगान गरिरहेको भन्दै प्रहरीले रोक्न जाँदा प्रहरीमाथि ढुँगामुढा भएको हो । सिरहाको नवराजपुर गाउँपालि

२०७७ असोज ११ आइतबार, बेलुकी ५:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा स्थानीयहरुले प्रहरीमाथि ढुँगामुढा गरेको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।
सिरहा जिल्लाभरिमा निषेधाज्ञामा कुनै पनि बहानामा भीडभाड नगर्न स्थानीय प्रशासनले उर्दी जारी गरेपनि नाचगान गरिरहेको भन्दै प्रहरीले रोक्न जाँदा प्रहरीमाथि ढुँगामुढा भएको हो । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ४ मा भइरहेको नाचगान रोक्न जाँदा ढुँगामुढा भएको थियो ।
गाउँमा नाचगान गरिरहेका बेला प्रहरी चौकी झाझपट्टीबाट खटिएको टोलीले रोक्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा स्थानीय सञ्जीवकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी ल्याई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…