बलात्कारको घटनामा १२ लाख प्रलोभन दिने यादव पक्राउ
बलात्कार आरोपमा प्रहरीको खोजी सूचीमा रहेका छोरालाई बचाउन यादवले बलात्कृत किशोरी र उनका बुबा आमालाई मिल्न धम्की दिँदै आएको

२०७७ असोज ११ आइतबार, बिहान ११:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलात्कारको आरोपमा फरार रहेका आरोपितका बुवाले पीडितलाई रकमको प्रलोभन दिएको भन्दै आरोपितका बुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बलात्कार प्रकरणकी पीडित किशोरीलाई आर्थिक प्रलोभन र धम्की तथा पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने सत्यनरायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनलाई शनिबार बिहान करिब १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरकी १५ वर्षीया किशोरीको सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिएको भन्दै पक्राउ गरी अनुसन्धान अगाडी बढाएको हो ।
बलात्कार आरोपमा प्रहरीको खोजी सूचीमा रहेका छोरालाई बचाउन यादवले बलात्कृत किशोरी र उनका बुबा आमालाई मिल्न धम्की दिँदै आएको भन्दै जानकारीका आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामले उनलाई पक्राउ गरी जिल्लामा बुझाएको हो ।
गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमलाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलार्ई पक्राउ जिल्ला प्रहरीमा ल्याएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
पीडित किशोरीले बयानमा धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरे किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर बलात्कार गरेको भनिएको छ ।
यता, किशोरीलाई गाउँकै दुई युवकले प्रलोभनमा पारी धनुषाधाम जँगलतर्फ लगेको तथा आरोपितहरु देखेपछि ती दुवै युवकलाई कुटपिट गर्दै भगाएको नाम नखोल्ने शर्तमा एक जनाले बताए । उनले, पिडित गाउँकै दुई युवकले पनि पीडित परिवारलाई रकम दिएको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…