लहानका ईन्सपेक्टर कुशवाहालाई सम्मान सहित बिदाई
न्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) सुमित कुशवाहालाई एक कार्यक्रमबीच भव्य सम्मान सहित विदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय लहानमा रहेको बेला समाजिक अपराध र अपराधिक क्रियाकलापमा न्यूनिकरण ल्याएका ईन्स्पेक्टर कुशवाहालाई नेपाल कुशवाहा विद्यार्थी कल

२०७७ असोज १० शनिबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) सुमित कुशवाहालाई एक कार्यक्रमबीच भव्य सम्मान सहित विदाई गरिएको छ ।
ईलाका प्रहरी कार्यालय लहानमा रहेको बेला समाजिक अपराध र अपराधिक क्रियाकलापमा न्यूनिकरण ल्याएका ईन्स्पेक्टर कुशवाहालाई नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजले सम्मान सहित विदाई गरेका हुन् ।
उनको सरुवा अन्य ठाउँमा भएपछि उनलाई शुक्रबार सम्मान एवम् विदाईको कार्यक्रम आयोजना गरी कुशवाहा विद्यार्थी कल्याण समाजले सम्मान गर्दै विदाई गरेका हुन् । लहानमा रहुन्जेल ईन्स्पेक्टर कुशवाहाले कुलतमा लागेका किशोर, युवाहरुलाई नियन्त्रण गर्न निकै सक्रिय रहेको तथा समाजिक अपराध नियन्त्रणको लागि सदैव अग्रसर रहेको भन्दै सम्मान गरिएको हो ।

कुलतमा लागेका युवाहरुलाई सुधार्ने अभियान नै चलाएर ईलाकाभित्र अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरेका कुशवाहालाई समाजले सम्मान सहित विदाई गरेको हो । सो क्रममा ईन्स्पेक्टर कुशवाहाले कुशवाहा विद्यार्थी कल्याण समाजप्रति आभार प्रकट गर्दै ईलाका प्रहरी लहानसँग सदैव सम्बन्ध कायम रहने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…