विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिर पनि खुल्यो
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिर झण्डै ६ महिनापछि पुन खोलिएको छ । कोरोना भाइरसको महामारी भन्दै बन्द गरिएको मन्दिर सर्वसाधारणहरुको लािग खुल्ला गरिएको हो । लकडाउन र निषेधाज्ञा भन्दा पनि कोरोना फैलिने डरले मन्दिरको मूल ढोका बन्द गरी पर्यटक, श्रद्धालु आवतजावतमा निषेध गरिएको

२०७७ असोज ७ बुधबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिर झण्डै ६ महिनापछि पुन खोलिएको छ । कोरोना भाइरसको महामारी भन्दै बन्द गरिएको मन्दिर सर्वसाधारणहरुको लािग खुल्ला गरिएको हो ।
लकडाउन र निषेधाज्ञा भन्दा पनि कोरोना फैलिने डरले मन्दिरको मूल ढोका बन्द गरी पर्यटक, श्रद्धालु आवतजावतमा निषेध गरिएको झण्डै ६ महिनापछि जनजीवन समान्य भएपछि खुल्ला गरिएको हो । मन्दिर क्षेत्र खुल्ला गरिएपछि जानकी मन्दिरमा दर्शनार्थीहरुको चहलपहल पनि बढेको छ ।
मन्दिर खुलेसँगै मन्दिर परिसरभित्रै पूजा सामग्री बेच्ने पसलहरु पनि सञ्चालनमा आएको छ। मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल सञ्चालनमा आएको छ। यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो।
लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…