११ गतेदेखि स्कूल खुल्ने
बिद्यालय सञ्चालन गर्नु भन्दा अगाडि आवश्यक सरसफाई तथा कक्षा सञ्चालनको लागि पुर्व तयारी गर्न निर्देशन

२०७७ असोज ६ मंगलबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ
बिद्यालय सञ्चालन गर्नु भन्दा अगाडि आवश्यक सरसफाई तथा कक्षा सञ्चालनको लागि पुर्व तयारी गर्न निर्देशन

२०७७ असोज ६ मंगलबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोनाका कारण विगत ६ महिनादेखि बन्द रहेको विद्यालयहरु आउँदो ११ गतेदेखि खोल्ने निर्णय गरिएको छ ।
प्रदेश नं. २ को बारा जिल्लाको बारागढी गाउँपालिकामा असोज ११ गतेबाट भौतिक रुपमा नै विद्यालय सञ्चालन हुने भएको छ ।
बारागढी गाउँपालिकाको शिक्षा समिति र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु बीचको बसेको बैठकले असोज ११ गते बाट बिद्यालय खोल्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष देवदत्त बछार थारुले जनाकारी दिनुभयो ।
बैठक पछी बारागढी गाउँपालिकाले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७७ सालको नियमित पठनपाठन पुर्ण रूपले बन्द हुन गएकोले नेपाल सरकारको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ लाई आधार मानेर विद्यार्थी वर्गिकरण गर्दा , विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिनको लागि गाउँ गाउँ तथा टोल टोलमा गई शिक्षण गर्नको लागि शिक्षकहरुको अभाव रहेको र इन्टरनेट , टि.भी. तथा रेडियोको सबै विद्यार्थीहरुमा पहुँच नरहेकोले सबै विद्यार्थीहरुलाई समान रूपमा शिक्षाको पहुँच पुर्याउनको लागि आगामी असोज ११ गतेदेखि अनिवार्य रूपका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरु विद्यालयमा हाजिरी भई पठनपाठन सुरु गर्न निर्णय गरेको छ ।
बिद्यालय सञ्चालन गर्नु भन्दा अगाडि आवश्यक सरसफाई तथा कक्षा सञ्चालनको लागि पुर्व तयारी गर्न निर्देशन गरेको छ ।
साथै विद्यालयहरुमा विद्यार्थीहरुलाई सानो समुहमा विभाजन गरी सामाजिक दुरी कायम गर्दै अथात पुर्ण रूपमा सुरक्षाका उपायहरु अपनाई दैनिक २ सिफ्टमा कक्षा सञ्चालन गर्न निर्णय गरेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…