नेपाली रेल्वे नेपालमै छ, भारतमा हैन : महाप्रबन्धक भट्टराई
सशस्त्र प्रहरीको सुरक्षामा रेल्वे धनुषाको इनरुवामा राखिएको

२०७७ असोज ४ आइतबार, दिउँसो १२:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका जिएम (जेनेरल म्यानेजर - महाप्रबन्धक) गुरु भट्टराईले नेपाली रेल्वे नेपालमै राखिएको तथा नेपालमै रहने बताएका छन् ।
शुक्रबार भारतबाट तयारी भएर जनकपुरको कुर्थासम्म आएको नेपाल रेल्वे पुनः फिर्ता भएर धनुषा जिल्लाको ईनरुवा स्थित सुरक्षित राखिएको बताएका छन् । उनले आफ्नो अधिकारिक फेसबुकमा यो कुराको जानकारी दिएका हुन् । सशस्त्र प्रहरीको सुरक्षामा रेल्वे धनुषाको इनरुवामा राखिएको बताएका छन् ।
समाजिक सँजालमा केही जनाले नेपाल रेल्वे खरिदमा भ्रष्टाचार गरेको, अनियमितता गरेको तथा भारतले दानमा दिएको जस्ता टिकाटिप्पणी गरिरहँदा उनले सो कुरा फेसबुक मार्फत प्रष्टयाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, –“नेपाली रेल भारतमा हैन, नेपालको भुमिमा रहन्छ । धनुषा इनरुवामा हाम्रो सशष्त्र प्रहरीको शुरक्षामा रहने छ । मैले हिजो भारतको जयनगर निरीक्षण गरे, त्यहाँ रेल राख्न उपयुक्त लागेन र नेपाली भुमिमा हाम्रै सुरक्षाकर्मीको सुरक्षामा राख्न उपयुक्त देखेर रेल इनरुवा राख्ने निर्णय गरेको हुँ । भारतबाट आएको रेल भारत नै लगियो, जनकपुरमा देखाउन मात्रै ल्याएको रहेछ भन्ने भ्रम छर्न खोजिएछ । सत्य त्यो हैन । एक अरबको राज्यको सम्पतिको सुरक्षामा बिभिन्न बिकल्पमा सोचिएको हो, उत्तम बिकल्प हाम्रै शुरक्षाकर्मीको निगरानिमा रहनु उत्तम देखेकाले हाम्रै भुमिमा राख्ने निर्णय गरिएको छ । यसलाइ यसैगरी बुझ्दा राम्रो हुन्छ ।”
भारतले नेपाललाइ सित्तैमा रेल दिएको जस्ता टिकाटिप्पणीप्रति आक्रोसित भएका जिएम भट्टराईले हल्ला निराधार रहेको दाबी गरेका छन् । नेपाल रेल्वे बनाएर हस्तान्तरण गर्ने जिम्मेवारी पाएका भारतको कोंनकण रेल्वे कम्पनीले हस्तान्तरण गरेको खुलाएका छन् ।
सो क्रममा उनले कोंनकण रेल्वे कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा पनि नेपाल रेल्वेको जिम्मेवारी पाएका कम्पनीले ५२ करोड ४६ लाख लिएको जिकिर गरेको देखिएको छ । जिएम भट्टराईले आफू सस्तो लोकप्रियता कमाउन, नक्कली लोकप्रियता कमाउने कुनै सौख नभएको प्रष्टयाएका छन् ।
उनले अर्को पोष्टमा लेखेका छन्, –“ आफैले किने झै हल्ला चलायो भन्नेहरुले भापतको कोनकण रेल्वे जसले रेल निर्माण गरेर हिजो मात्र हामीलाइ हस्तान्तरण गर्यो, उसको यो ट्वीट पढेपछी नकारात्मक र भ्रम फैलाउने र आफुलाइ नेपाली ठान्ने केही खराब मनोबृत्तिका मान्छेहरुको दिमागको बत्ति बल्छ कि ।
सबै मित्रहरुलाइ फेरी पनि भन्न चाहन्छु, गुरु भट्टराइले चर्चा कमाउन केही गर्नु पर्ने छैन, त्यस्तो नक्कली लोकप्रियता अरुले कमाइदिए पनि स्वीकार गर्दैन र एक सुका अनियमितता पनि गर्दैन । म ५० हजार तलव थाप्न सम्मानीय प्रम र नेपाली जनताको हितमा मजाक गर्न आएको हैन । गुरु भट्टराइ नेपालको उन्नति प्रगतिमा पाएको जीम्मेबारी फुल प्रुफ रुपमा निभाउने प्रतिबद्धता फेरी पनि दोहोर्याउँछु । प्रशंसाको भोको म छैन, केवल नेपाली जनतामा झुटो र निराशा छर्ने काम नगरौ । धन्यबाद !!
ज्ञातव्य छ, नेपालको झण्डा अँकित नेपाल रेल्वे पुनः निर्माण भएर भारतबाट आएपछि यहाँका स्थानीहरुमा उत्साह छाएको छ । सोही क्रममा समाजिक सँजालमा विभिन्न दलका नेताहरुको नाम जोडेर उनको कार्यकाल वा करिकलमबाट आएको जस्ता अफवाह फैलाएको देखिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…