प्रदेश २ः कमला नदीमा २ किशोरी र १ किशोर सहित ३ जनाको लास !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने कमला नदीमा ३ जनाको लास फेला परेको छ । लास सिरहा पारीको रम्पुरा तर्फ भेटिएको हो । सिरहाको कल्याण्पुर नगरपालिका वडा नं. ७ रम्पुराको पश्चिम पट्टिको कमला नदिमा ३ जनाको लास भेटिएपछि सो क्षेत्रका बासिन्दामा त्रास छाएको छ । अन्दाजी १२ देखि १५ बर्षिय २ जना किशोर

२०७७ असोज १ बिहीबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने कमला नदीमा ३ जनाको लास फेला परेको छ । लास सिरहा पारीको रम्पुरा तर्फ भेटिएको हो ।
सिरहाको कल्याण्पुर नगरपालिका वडा नं. ७ रम्पुराको पश्चिम पट्टिको कमला नदिमा ३ जनाको लास भेटिएपछि सो क्षेत्रका बासिन्दामा त्रास छाएको छ ।
अन्दाजी १२ देखि १५ बर्षिय २ जना किशोरी तथा १ जना किशोरको लास फेला परेको हो । उनीहरुको मृत शरिरलाई काग र स्यालले खाएको अवस्थामा भेटिएको हो । यस सन्दर्भमा भने जिल्ला प्रहरी कार्यालय सिरहाले अनभिज्ञता प्रकट गरेको छ ।
भेटिएको लास काग र स्यालले खाएको तथा कपडा जस्ताको त्यस्तै रहेको देखिएको छ । स्थानीयहरुका अनुसार, कतैबाट बगेर आएको हुन सक्ने अनुमान छ भने यस बारे ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जयसवालले समेत आफूलाई जानकारी नभएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…