धनुषाको एक विद्यालयमा तोडफोड
विद्यालयको सम्पति तोडफोडको जानकारी आएको र यसबारे थप बुझेर मात्र भन्न सकिने

२०७७ भदौ ३१ बुधबार, राति १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नव निर्मित विद्यालयमा आज (बुधबार) बेलुकी तोडफोड गरेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसबिघा टोल स्थित निर्माण गरिएको राष्ट्रिय प्राथमिक विद्यालय नौसयविघामा स्थानीय दुई जनाले तोडफोड गरेको हो ।
रक्सी खाएर मातेका स्थानीय दिलिप यादव र बीरेन्द्र यादवले बेलुकी करिब ९ बजेको समयमा गाउँमै रहेको विद्यालयको झयाल तोडफोड गरेको धनुषाधाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोले जानकारी दिए ।
वडाध्यक्ष महतोले उनीहरुलाई गाउँलेले देखेपछि लखेटेको बताउँदै दुवै जना उपर कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाइने बताए । उनीहरु उपर सार्वजनिक सम्पति तोडफोडको मुद्दा लगाउन स्थानीय प्रशासनसँग माग गरिने बताए ।
यता, स्थानीय बजरँग युवा क्लबका अध्यक्ष राम पुकार यादवले विद्यालय जस्तो सँवेदनशिल र शान्ती क्षेत्रको सम्पति तोडफोड गर्ने उपर कानुनी कारवाहीको लागि क्लबका पदाधिकारीहरुले कुनै कसर नछोडने बताए । उनले स्थानीय प्रशासनसँग कानुनी कारवाहीको माग समेत गरे ।
ईलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार, विद्यालयको सम्पति तोडफोडको जानकारी आएको र यसबारे थप बुझेर मात्र भन्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…