जनकपुरको जनकनन्दिनीमा पनि फूड बैंक सँचालन, सहयोगको अपिल
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउनका कारण काम नपाएर दुई छाक टार्न नसकेको निमुखाहरुको लागि धनुषाको जनकन्दिनी गाउँपालिकाभित्र पनि फूड बैंक सँचालन गरिएको छ । आईतबार जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित सँचालन गरिएको फुड बैँकबाट सो स्थानका गरिब, निमुखाहरुलाई राहत वितरण गरिएको छ । उनीहरुलाई

२०७७ भदौ २९ सोमबार, बिहान १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउनका कारण काम नपाएर दुई छाक टार्न नसकेको निमुखाहरुको लागि धनुषाको जनकन्दिनी गाउँपालिकाभित्र पनि फूड बैंक सँचालन गरिएको छ ।
आईतबार जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित सँचालन गरिएको फुड बैँकबाट सो स्थानका गरिब, निमुखाहरुलाई राहत वितरण गरिएको छ । उनीहरुलाई चामल, दाल, तेल, नुन, तरकारी लगायतका समाग्रीहरु वितरण गरिएको छ ।
हुनेले दिएर जानु, नहुनेले लिएर जानु नारा सहित ज्याला मजदुरी गरी कमाएर खानेहरु अहिले लकडाउनले गर्दा कठिनाईमा रहेको बेला फूड बैँक सँचालन गरी सहायता गरिरहेको छ । टिमका युवा ईन्द्रजीत गोईत सहित धनुषा युवा युनिटिको सँयुक्त पलहमा फूड बैँक सँचालन गरिएको हो ।
सो क्रममा मध्यमवर्गीय परिवारले सो फूड बैँकमा अन्नदान गरी सहयोग गर्न अपिल समेत गरेको छ । गरिब निमुखाको लागि दुई छाक टार्न सम्पन्न परिवारले विपन्नहरुको लागि अन्न दान गर्न र सहयोग गर्न आग्रह गरिएको हो ।
टिमले धनुषाको जुनसुकै ठाउँमा निमुखा, भोका भए आफूहरुलाई खवर गरेपछि जुनसुकै ठाउँमा पुग्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…