भोलीदेखि जनकपुरमा पनि 'जोर बिजोर' सिस्टममा सवारी चल्ने !
निषेधित गरिएको सिनेमा हल, जीम, शैक्षिक सँस्थान लगायतका क्षेत्रहरु अझै नखुल्ने भएको छ ।

२०७७ भदौ २८ आइतबार, बेलुकी ५:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय प्रशासनले जनकपुर शहरमा पनि अब जोर बिजोर प्रणाली लागू गरेको छ ।
यसअघि देशको राजधानी काठमान्डौंमा मात्र सवारी साधन सँचालनमा जोर बिजोर प्रणाली लागू भएकोमा आईतबार जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ प्रेमराज सँजेलको तर्फबाट जारी भएको सूचनामा सोमबारदेखि जनकपुरमा पनि जोर बिजोर सवारी मात्र सँचालन गर्न पाउने उल्लेख गरिएको छ ।
के हो 'जोर बिजोर' प्रणाली ?
जोर बिजोर प्रणाली गतेको हिसाबले गाडी नम्बर अनुसार मात्र सँचालन गर्ने प्रणाली हो । गते जोर भएमा सवारीको नम्बर जोर भएको मात्र सँचालन गर्न पाउने तथा मिति बिजोर भएमा सवारी साधनको नम्बर पनि अन्तिम अक्षर बिजोर भएमा सँचालन हुने प्रणाली हो ।
सोमबार २९ गते परेकोले बिजोर नम्बर भएका गाडीहरु मात्र सँचालन गर्न पाउने भएको छ । मँगलबार ३० गते भने जोर नम्बर भएका गाडी मात्र सँचालन गर्न पाउने भएको छ भने अर्को सूचना नआउन्जेलसम्म सोही अनुसार बिजोर गतेमा बिजोर गाडी नम्बरको गाडी र जोर मितिमा जोर गाडी नम्बरको गाडी चलाउन पाउनेछ ।
जनकपुरमा 'जोर बिजोर प्रणाली' कतिको सहज ?
जनकपुर जस्तो सानो शहरमा सवारीमा जोर बिजोर प्रणाली आम नागरिकको लागि अहसज हुने भएको छ । जनकपुरमा ग्रामिण भेकबाट आउने ९० प्रतिशत सवारी साधनका चालकलाई जोर बिजोर प्रणालीबारे थाहा नै नभएको कारण कारवाहीमा परेर झन्झट बेहोर्नुपर्ने देखिन्छ ।
जोर बिजोरको प्रणालीको बारेमा सूचना, समाचार समयमा नपाएर जनकपुर छिर्दा सबै कागजातहरु भएपनि कारवाहीमा पर्ने जस्तो समस्या देखिनेछ । सो अनुरुप, जनकपुरमा जोर बिजोर प्रणालीले आम नागरिक दुःख पाउने देखिन्छ ।
अब कुन पसल कुन समयमा खोल्न पाउने ?
जिल्ला प्रशासन कार्यालय धनुषाको सूचना अनुसार, विहानदेखि दिउँसो २ बजेसम्म खुल्दै आएको पसलहरुमा पनि सिन्डीकेट लागू गरिएको छ । तरकारी, किराना र फलफूलका पसलहरु बिहान ११ बजेसम्म तथा बेलुकी ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म किराना, फलफूल र तरकारी पसल खोल्न पाउने छैन ।
यस्तै, निषेधित बाहेकका अन्य पसलहरु भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र सँचालन गर्न पाउने भएको छ ।
यसका साथै, निषेधित गरिएको सिनेमा हल, जीम, शैक्षिक सँस्थान लगायतका क्षेत्रहरु अझै नखुल्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…