मधेश ईन्जिनियर्स एसोसिएशनको केन्द्रीय सल्लाहकारमा 'डा. साह'
नेपाल बिधार्थी युनियन वेलारुस रसियाको उपाध्यक्ष तथा अध्यक्षको पद समेत रही काम गरी सकेका

२०७७ भदौ २४ बुधबार, राति १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेशी ईन्जिनीयरहरुको छाता सँगठन मधेश ईन्जिनीयर्स एसोसिएशनको केन्द्रीय सल्लाहकारमा डा. हरिशंकर प्रसाद साहलाई मनोनित गरिएको छ ।
प्याबसन पर्साका अध्यक्ष समेत रहेका डा. साहलाई एसोसिएसनको बुधबार बसेको बैठकबाट गरिएको निर्णय अनुसार केन्द्रीय सल्लाहकारमा मनोनित गरिएको हो ।
डा. साह क्यान पर्सा, क्रिकेट एसोसिएशन अफ नेपाल,वीरगन्ज इन्स्टिच्युट अफ टेकनोलोजी,सेन्टजेवियर्स स्कुल एण्ड कलेज,शिक्षा कमिटि वीरगन्ज,वीरगन्ज मेडिकेयर प्रा।ली लगायतको संघ सस्थामा रही अग्र स्थानमा रही कुशलपूर्वक कार्य सँचालन गरी आएको भन्दै उनलाई सल्लाहकारमा मनोनित गरिएको हो ।
यस भन्दा पहिला डा. साह एनआरनको सदस्य, नेपाल बिधार्थी युनियन वेलारुस रसियाको उपाध्यक्ष तथा अध्यक्षको पद समेत रही काम गरी सकेका हुन् ।
व्यवस्थापनमा कुसल मानिएका डा. साहलाई मधेश ईन्जिनियर्स एसोसिएशनको केन्द्रिय समितिको बैठकले एसोसिएशनको केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ ।
केन्द्रिय समितिको भदौं २४ गते वसेको वैठकको निर्णय अनुसार डा. साहलाई केन्द्रिय सल्लाहकारमा मनोनित गरिएको मधेश इन्जिनियर्स एसोसिएशनका केन्द्रि अध्यक्ष ईन्जिनीयर संजिव नारायण यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…