चापाकलमा करेन्ट लागेर एक महिलाको मृत्यू
आकाशे बर्षा समयमा नहुँदा भित्रको पानी तानेर किसानहरु सिँचाई गर्न बाध्य भएको छ ।

२०७७ भदौ २४ बुधबार, दिउँसो ४:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को बारामा एक महिलाको करेन्ट लागेर घटना स्थलममै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार, बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नं. १० मा सो दुर्घटना भएको हो । वडा नं. १० अन्तर्गतको देवापुर टेंटामा बस्दै आएकी अन्दाजी ४६ बर्षिय झलिया दुसादिनको करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
आफ्नै खेतमा गएर मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई चापाकलमै करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चापाकलमा करेन्ट लागेर मृत्यू भएको देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । केही बेरमा पुगेको प्रहरीले मुचुल्का उठाएर मृतकको शवलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल लगिएको जनाइएको छ ।
चापाकलमा फिट गरिएको मोटरमा पानी पसेर विद्युत प्रवाह भई करेन्ट लागेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । आकाशे बर्षा समयमा नहुँदा भित्रको पानी तानेर किसानहरु सिँचाई गर्न बाध्य भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…