मारुतीको गेट अगाडि धर्नासहित प्रदर्शन
समितिको आज बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।

२०७७ भदौ २४ बुधबार, दिउँसो १२:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी धर्नासहित प्रदर्शन भएको छ ।
सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर प्रदर्शन गरेका हुन् ।
दर्जन बढीको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । यसअघि सोमबार उनीहरूले मारुती उद्योगको बाहिर प्रदर्शन गरेका थिए ।
मारुती सिमेन्ट उद्योगको कब्जामा रहेको साढे तीन बिघा सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने, धुवाँ धुलो नियन्त्रण गरिनुपर्ने तथा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।
समितिको आज बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ । यता, मारुती सिमेन्ट पक्षसँग तत्कालै सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…