जनकपुरको यी पोखरीमा पर्यटक तान्न याम्सका युवाहरु अगाडी आए
सरसफाई गरेर आसपासको वातावरणलाई स्वच्छ बनाएको बताएका छन् ।

२०७७ भदौ २२ सोमबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रतिष्ठित र पर्यटकीय पोखरीहरुमध्ये एक रहेको नोचा पोखरीमा याम्स टिमका अगुवाहरुले वृहत सरसफाई गरेको छ ।
लकडाउन र निषेधाज्ञामा पनि पोखरीको डिलमा स्वच्छ वातावरणको खोजी गर्दै आउने गरेको सर्वसाधारण तथा दुर दराजबाट आउने गरेका पयर्टकहरुलाई पुनः आकर्षण गर्नको लागि पोखरीको पुरानो स्वरुपलाई उजागर गर्न लागिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ स्थित रहेको सो पोखरी घुम्न जाने पर्यटकहरुबाट फोहोर भएको अवस्थामा लकडाउनको सदुपयोग सहित याम्सका पदाधिकारी तथा युवाहरुले पोखरीलाई पूर्ण सरसफाई गरेर आसपासको वातावरणलाई स्वच्छ बनाएको बताएका छन् ।
“यहाँ घुम्न आउने पर्यटकहरु बाट एकदम फोहर भइसकेको थियो त्यो कारणले गर्दा यहाँ आउने पर्यटकहरुमा अलिकति गिरावट आएको थियो | उक्त समस्यालाई मध्यनजर गर्दै याम्सका टीमले आज सरसफाई आयोजना आयोजित गरेको थियो। पोखरीको चारैतिर सरसफाइको कारणले गर्दा अहिलेको वातावरण एकदम सक्छ स्वच्छ र सफा भएको छ।”– याम्सका राघव राज साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…