पेनि एपिअल र माण्डवीको एकीकृत वास परियोजना सम्पन्न
दुई वटा वाटर ट्याङ्की निर्माण गर्नुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम गरी परियोजना पूर्ण कार्यान्वयन भएको

२०७७ भदौ २२ सोमबार, दिउँसो २:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । पछिल्लो समय रौतहटमा लोकप्रियता कमाउन सफल गैरसरकारी संस्था माण्डवीले एकीकृत वास परियोजना अन्तर्गत रौतहटको परोहा नगरपालिकाको रामपुर खापलाई वास (WASH) फ्री जोन बनाउने उदेश्यले संचालन गरेको परियोजना सम्पन्न गरेको छ ।
पेनी एप्पलको आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तर्गत नगरपालिकाको रामपुर खापको विद्यालयलाई छनोट गरि त्यहाँ निर्माण गर्नुपर्ने आवश्यक सबै पूर्वाधार निर्माण गरिसकेको माण्डवीले सफलता पुर्वक परियोजना समपन्न गरेको हो।
WASH को परियोजना अन्तर्गत छनोट बिधयालयमा सुबिधा समपन्न शौचालय, खानेपानी,लगायतको पूर्वाधार निर्माण गरिएको मान्डबीकि अध्यक्ष अन्जु झाले बताइन । साथै झाले विद्यालयमा अध्यनरत २० जना बालिकाको घरमा ती पूर्वाधारहरु निर्माण गरिएको अध्यक्ष झाले बताइन् ।
उक्त वडामा जनताका प्रत्यक्ष सरोकारका कार्यालयहरु, वडा कार्यालय, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी र विद्यालयमा समेत परियोजना सम्पन्न भएको हो । दुई वटा वाटर ट्याङ्की निर्माण गर्नुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम गरी परियोजना पूर्ण कार्यान्वयन भएको माण्डवीले जनाएको छ ।
मान्ड्बीको यो पाइलाले नपाको शिक्षा क्षेत्र बिकासमा ठूलो टेवा पुग्ने प्रसासकिय अधिकृत ओम प्रकाश यादबले बताए ।छोरी बिधालयमा पढेपछी उपहार स्वरुप घरमा शौचालय र विभिन्न पुर्वाधारको निर्माण भएपछि आफुहरुलाई असाध्यै खुसी लागेको स्थानीय बिगु पटेलले बताए ।
मान्डबिको यो कामलाई हेरेर स्थानीय शिक्षा प्रेमीले खुलेर प्रशन्शा गरेका छन।स्थानीय परोहा नगरपालिका सहित जिल्लाको विभिन्न नपाको बिधायालयमा विभिन्न पुर्वाधार निर्माण,स्थानीय जनतालाइ शुद्ध खानेपानीलाई डिपकल जडान ,नपाको सहकार्यमा मुस्लिम समुदायमा मस्जिद निर्माण ,आर्थिक स्तरमा थिचिएकाकाको जिबिकोपार्जनका लागि विभिन्न सीप र तालिम कार्यक्रम ,महिला दिदी–बहिनीलाई सीप मुलक तालिम ,सरकारी निकाय सङ समन्वय गरि बिपद ब्यबस्थापनमा जनताको माझ उभिइ राहतका सामाग्री सहित विभिन्न सहयोग गर्दै आएको मान्डबिले रौतहट बासीको मन जित्न सफल भएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
संजय सहनी, रौतहट
संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…