जनकपुरमा अब दिउँसो २ बजेसम्म पसल खुल्ने
स्थानीय प्रशासनले केही घण्टा पसल खोल्न दिने भएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

२०७७ भदौ २१ आइतबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर निषेधाज्ञा लगाइएको जनकपुरमा भोली सोमबारदेखि दिउँसो २ बजेसम्म पसल खोल्न दिने निर्णय गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सँघ जनकपुरले मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा आज (आईतबार) बुझाएको ज्ञापनपत्र उपर सुनुवाई गर्दै स्थानीय प्रशासनले विहानदेखि दिउँसो २ बजेसम्म पसल, व्यवसाय सँचालन गर्न पाउने निर्णय गरिएको हो ।
उद्योग वाणिज्य सँघ जनकपुरले आईतबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै सँघले बुझाएको ज्ञापन पत्रले स्थानीय प्रशासन विहादेखि दिउँसो २ बजेसम्म पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ ।
सँघका महासचिव जीतेन्द्र कुमार महासेठद्धारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको सबै समाग्री अपनाएर विहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न पाउने निर्णय भएको हो । समाजिक दुरी, सेनिटाईजर, पसले तथा ग्राहक समेत दुवै जनाले मास्क लगाउनुपर्ने भनेर अनिवार्य गरेको छ ।
विगत एक महिनादेखि लगाइएको निषेधाज्ञाले जनकपुरका व्यापारीहरु आजित भएको बेलामा स्थानीय प्रशासनले केही घण्टा पसल खोल्न दिने भएपछि उनीहरुले राहत महसुस गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…