मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू, २ जना गम्भिर !
उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७७ भदौ १७ बुधबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा अहिले बेर अगाडी मात्र मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
सिरहा–चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिकाको वडा नं. ११ भलुवाही र पदमपुर चौकको बिचमा मोटरसाईकल दुर्घटना भएको हो । अहिले साँझ करिब ७ः१५ बजेको सममयमा दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन् ।
सो दुर्घटनामा परी धनगढीमाई नगरपालिका बस्ने दिपक पँजीयार रहेको जनाइएको छ । सिरहा नगरपालिका वडा नं. ९ गुलरियाका २ जना सक्त घाइते भएको जनाइएको छ ।
घाईतेहरुको नाम भने अझै खुल्न नसकेको तथा उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…