पत्रकार बृजकुमार यादवले 'ब्लेकमेल' गर्दैछ : अध्यक्ष गुप्ता
रातीमा गएर पत्रकार यादवले मन्दिरको पर्खाल भत्काएपछि विवाद चुलिएको हो ।

२०७७ भदौ १७ बुधबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जानकी फाईनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्ताले पत्रकार बृज कुमार यादवले आफूलाई ब्लैकमेल गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले आफूलाई पटक–पटक टर्चर गरी ब्ल्याकमेल गर्न खोजेको आरोप गुप्ताको छ । उनले दिएको एक भिडियोमा उनले आफूसँग सेटलेमन्ट गर्नको लागि पत्रकारिताको आडमा जथाभावी लेखेको आरोप लगाएका छन् ।
रसिक विहारी भगवान तेली कुटीको जग्गा अतिक्रमण रोक्ने अभियानमा रहेका गुप्ता विरुद्ध विगत चार दिनदेखि यादव सम्पादक रहेको जनकपुर टुडेमा बिना प्रमाण र तथ्यहिन समाचार प्रकाशित गरी चरित्र हत्या गर्न खोजेको आरोप पनि लगाएका छन् ।
रसिक विहारी मन्दिरको जग्गा प्रकरणमा बोल्दा पत्रकार बृजकुमार यादवले बोल्नेहरुको चरित्र हत्या गर्न जनकपुर टुडेको प्रयोग गरेको र बीबीसीमा समाचार बजाउने धम्कीसमेत दिदै आएको गुप्ताको आरोप छ ।
बृजकुमारले ब्ल्याकमेल गरी आफ्नो इच्छापुर्ति गराउन खोजेको दाबी गर्दै गुप्ताले भने, ‘उहाँको विभिन्न साथीहरुबाट कुरा आएको छ कि उहाँसँग बसेर कुरा मिलाउनुस्। यसको मतलब उहाँले जे पनि माग्नु हुनेछ।’
विना तथ्या–प्रमाण समाचार लेखेको र पटक–पटक ब्ल्याकमेल गर्न खोजेको भन्दै गुप्ताले बृजकुमार यादव विरुद्ध कानुनी लडाई समेत लड्ने बताएका छन् । अध्यक्ष गुप्ताले तथ्यहिन समाचार लेखेर चरित्र हत्या गर्न खोजेको भन्दै प्रेस काउन्सिलसम्म जाने चेतावनी समेत दिएका छन् ।
रसिक बिहारी मन्दिरको जग्गा प्रकरणमा मन्दिरले आफ्नो जग्गा तथा पत्रकार यादवले आफ्नो जग्गा भन्दै दाबी गर्दै आएपछि विवाद चुलिएको हो । रातीमा गएर पत्रकार यादवले मन्दिरको पर्खाल भत्काएपछि विवाद चुलिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…