व्यापारी कुटेको भन्दै प्रहरी प्रशासन विरुद्ध उत्रे जनकपुरका व्यापारी
उद्योग वाणिज्य सँघका अध्यक्ष ललित साह र महासचिव जीतेन्द्र महासेठले उनलाई छुटाउन जिप्रका धनुषा पुगेका थिए ।

२०७७ भदौ १२ शुक्रबार, दिउँसो १:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पसल खोलेको भन्दै एक व्यापारीलाई आज विहान जनकपुरमा प्रहरीले कुटपिट गरेपछि त्यसको विरोध गरिएको छ ।
जनकपुर उद्योग वाणिज्य सँघका केही पदाधिकारी सहित जनकपुरका व्यापारीहरुले पसले कुटपिटको विरोधमा मोटरसाईकल रयाली निकालेका छन् । उनीहरुले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्दै प्रहरीको ज्यादती विरुद्ध आन्दोलित भएका छन् ।
विहान करिब १० बजेको समयमा एक व्यावसायीलाई प्रहरीले पसल खोलेकै निहुँमा कठालो समातेर कुटपिट गरेको भन्दै अन्य व्यापारीहरुले त्यसको विरोध गर्दै प्रहरी विरुद्ध नारावाजी गरेको छ ।
दर्जनौको सँख्यामा व्यापारीहरुले मोटरसाईकल जुलुस निकालेको छ । जनकपुरको जनकचोकबाट निकालिएको मोटरसाईकल जुलुस जनकपुरको विभिन्न चोकमा प्रदर्शन गरेको छ । उनीहरुले गणेश अप्टिकल्सका सँचालकका छोरालाई प्रहरीले कुटपिट गरेपछि जुलुस निकालिएको हो ।
निरन्तर निषेधाज्ञाका कारण व्यावासाय चौपट्ट भएको तथा घरभाडा तिर्न समेत धौधौ परेको भन्दै केही बेरको लागि जनकपुरको हनुमान स्टुडियो खोलेका थिए । प्रहरीले बन्द गर्न भनेपनि बन्द नगरेपछि विवाद उत्पन्न भएको थियो ।
सो क्रममा जनकपुर उद्योग वाणिज्य सँघका अध्यक्ष ललित साह र महासचिव जीतेन्द्र महासेठले उनलाई छुटाउन जिप्रका धनुषा पुगेका थिए । उनलाई छाडेपछि व्यापारीहरु मोटरसाईकल जुलुस निकालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…