न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा पसल खोलेको भन्दै प्रहरीले एक व्यापारीलाई कुटपिट गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ भानुचोकदेखि शिवचोक जाने बाटोमा रहेको गणेश अप्टिकल्स (चश्मा पसल) का एक व्यापारीलाई प्रहरीले समातेर कुटपिट गरेको छ ।
सोही ठाउँमा रहेको हनुमान स्टुडियोले केही सटर खोलेर एक जनालाई आकस्मीक फोटोकापीको आवश्यकता रहेको र फोटोकापीको लागि मात्रै खोलेको भनेपछि प्रहरीले सँचालकलाई कठालो समातेर बाहिर निकालेपछि अन्य व्यापारीहरु विरोध गरेका थिए ।
उनले निरन्तर निषेधाज्ञाका कारण भोकै बस्नु परेको अवस्था सृजना भएको तथा घरबेटीले भाडा समेत नछाडने भएकोले केही बेर खोल्न दिन आग्रह गरेपनि प्रहरीले उनलाई बाहिर निकालेर कुटपिट गर्न थालेपछि अन्य व्यापारीहरुले विरोधन जनाएको थियो ।
सो क्रममा गणेश अप्टिकल्सका सँचालकका कान्छो छोरालाई प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ । प्रहरीको भ्यान सहितको टोलीले उनलाई पक्रेर लगेपछि उद्योग वाणिज्य सँघका अध्यक्ष ललित साह समेत जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका हुन् ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०७७ भदौ १२ शुक्रबार