बीरगँजमा निषेधाज्ञाको मोडालिटी चेन्ज हुने : सिडिओ तामाँग
प्रजिअ तामाङले जिल्लालाई कोरोनामुक्त गर्दै ग्रिनजोनमा परिवर्तन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

२०७७ भदौ ११ बिहीबार, बेलुकी ५:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । निरन्तर निषेधाज्ञाका कारण व्यावासाय, व्यापार चौपटट् हुनुका साथै आम नागरिक समेत आजित भएपछि निषेधाज्ञाको मोडालिटि चेन्ज (परिवर्तन) गर्न गृहकार्य सुरु गरिएको छ ।
प्रदेश नं. २ को पर्सा जिल्लाको लागि नयाँ आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) आस्मान तामाँगले निरन्तर निषेधाज्ञाका कारण समस्या गम्भिर हुँदै गएको भन्दै यसको विकल्प निकाल्न गृहकार्य थालिएको बताएका छन् ।
विहिबार (आज) बसेको सुरक्षा समिति सहित पत्रकारहरुसँगको बैठकले धेरै भिडभाड हुने स्थान बाहेकका क्षेत्रलाई सुरक्षाकर्मीको निगारिकमा उचित मापदण्ड अपनाउँदै खुकुलो पर्ने सरोकारवाला निकायसँग छलफल सुरु गरिएको बताइएको छ ।
पत्रकारहरुसँग छलफल गर्दै कोरोना सङ्क्रमणको चेन ब्रेक गर्ने एक मात्रै उपाय भएपनि यसलाई अब परिवर्तन गर्न आवश्यक भएको बताए । उनले मोडालिटी परिवर्तन गर्दै निश्चित समयका लागि निश्चित क्षेत्रहरुमा निषेधाज्ञा खुकुलो गरिने जानकारी दिए ।
प्रजिअ तामाङले जिल्लालाई कोरोनामुक्त गर्दै ग्रिनजोनमा परिवर्तन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले आफ्नो कार्यकला शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षा र नागरिकलाई सहज सोवा प्रवाहमा केन्द्रीत रहने बताए ।
जिल्लाभरिको बैकिँग क्षेत्रको निषेधाज्ञालाई खुकुलो बनाउँन शहरका बैंकरहरुसँग छलफल गरिएको बताउँदै गराउँदै शुक्रबार उद्योगी, व्यवसायी र राजनीतिक दलहरुसँग निषेधाज्ञाको नयाँ मोडालिटीमा जानेबारे छलफल गरिने छ ।
छलफलमा सहभागी सञ्चारकर्मीहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न, गरिव, असहाय नागरिकको जीवकोपार्जन तथा कोरोना संक्रमितहरुको उपचार प्रभावकारी बनाउनुपर्ने सुझाब दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…