प्रहरीको टर्चरले दलित युवकको मृत्यू भएपछि दलित समुदाय प्रहरीलाई घेरे
गत भदौ ३१ गते भएको निरन्ज हत्या प्रकरणमा राम सहित अन्य ६ जना पक्राउ गरिएको थियो ।

२०७७ भदौ ११ बिहीबार, दिउँसो २:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रहरीको चरम यातनाका कारण एक दलित युवकको मृत्यू भएको भन्दै दलित समुदायहरुले प्रहरी कार्यालय घेराउ गरेका छन् ।
निरन्जन राम (चमार) हत्या प्रकरणमा पक्राउ गरिएका विजय राम (चमार) लाई प्रहरीले नै यातना दिएर अस्वस्थ्य पारेपछि अस्पतालमै उपचारको क्रममा मृत्यू भएको भन्दै दलित समुदाय आन्दोलनमा उत्रेका छन् ।
उनीहरु रामको मृत्यूको केही बेरपछि खवर पाएलगत्तै रौतहटको गौर स्थित रहेको ईलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गरेको छ । गएराती करिब १ बजेतर्फ नै उपचारको क्रममा विजय रामको मृत्यू भएको हो ।
गत साउन ३१ गते भएको निरन्ज हत्या प्रकरणमा राम सहित अन्य ६ जना पक्राउ गरिएको थियो । तर, रामलाई हत्या गरिएको भनेर बयान दिन टर्चर गरेपछि उनको स्वास्थ्य अवस्था कमजोर भएको थियो । उनी किडनीका समेत विरामी भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…