साधु हत्याकाण्डः हत्याको विरोध गर्ने उपर गृह मन्त्रालयको अँकुश !
यद्यपी, गृह मन्त्रालयको वेभसाईटमा भने हस्ताक्षर गरिएको शाखा अधिकृत भनिएको प्रतीक राईको नाम भने डाटामा देखिएको छैनन् ।

२०७७ भदौ ११ बिहीबार, दिउँसो १:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको साधु हत्या काण्डमा कुनै पनि प्रकारको विरोध प्रदर्शन गर्न नदिन सर्कुलर जारी गरिएको छ ।
साधु हत्या काण्डलाई लिएर विभिन्न ठाउँमा हुन सक्ने सम्भावित घटनालाई रोक्नको लागि मन्त्रालय पहिले देखि नै स्थानीय प्रशासनलाई सचेत गराएको हो ।
घटनाको विषयलाई लिएर जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गतिविधिहरु हुन र गर्न नदिनको लागि सम्बन्धित निकायसँग समन्वय गरी कानुन विपरितका कार्य भए वा गरिएको पाईएमा उनीहरुलाई कानुनी दायरामा ल्याउन आदेश समेत गरिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका वडा नं. २ खेसहरिया स्थित हनुनमान मन्दिरका पूजारी साधु श्रीराम साहलाई भदौ ३ गते राती करिब ९ः३० बजेको समयमा कन्चटमा गोली हानी हत्या गरेपछि हिन्दु परिषद नेपाल लगायत अन्य विभिन्न सँघ सँस्थाहरुले विरोध गरिरहेका छन् ।
सरकार, प्रदेश सरकार तथा स्थानीय प्रशासनले समेत साधु हत्या काण्डका दोषीलाई खोजविन गर्न पछि हटेको भन्दै विभिन्न समयमा प्रहरी प्रशासन र सरकार विरुद्ध नारावाजी भएको छ ।
मन्त्रालयका शाखा अधिकृत प्रतिक राईद्धारा हस्ताक्षरित गरेको पत्रमा सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । यद्यपी, गृह मन्त्रालयको वेभसाईटमा भने हस्ताक्षर गरिएको शाखा अधिकृत भनिएको प्रतीक राईको नाम भने डाटामा देखिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…