जनकपुरः भर्खरै पिकअप र मोटरसाईकल ठोक्किदाँ युवकको घटनास्थलमै मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा अहिले केही बेर अगाडी सवारी दुर्घटना हूँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्था र वडा नं. ९ पिडारीचोकको बीचमा दिउँसो करिब ३ः४५ बजे मोटरसाईकल र पिकअप भ्यान एक आसपमा ठोक्किदाँ एक युवकको घटनास्थलमै मृत्यू भएको हो । मृत्यू हुनेम

२०७७ भदौ १० बुधबार, दिउँसो ४:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा अहिले केही बेर अगाडी सवारी दुर्घटना हूँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्था र वडा नं. ९ पिडारीचोकको बीचमा दिउँसो करिब ३ः४५ बजे मोटरसाईकल र पिकअप भ्यान एक आसपमा ठोक्किदाँ एक युवकको घटनास्थलमै मृत्यू भएको हो ।
मृत्यू हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष १८ का कलाम नदाफ रहेका छन् । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार मोटरसाईकल चालकको ज्यान गएको हो ।
ज १ च २३१८ नम्बरको पिकअप र प्रदेश २–०३–००१ २२७५ नम्बरको मोटसाईकल जुधेपछि दुर्घटना हुँदा नदाफको ज्यान गएको हो । प्रत्यदर्शीहरुले नदाफको घटनास्थलमै ज्यान गएको बताएपनि प्रहरीले भने उनको अस्पतालमा ज्यान गएको बताएको छ ।
सोही दुर्घटनामा परी पिकअप चालकको अवस्था समेत गम्भिर रहेको छ भने मोटरसाईकलको पछाडी बसेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने बर्ष २५ को अजाबुल राईनको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
दुर्घटनामा मोटरसाईकल चकनाचुर भएको छ । मोटरसाईकल टुक्रा टुक्रा भएको र पिकअप खाल्डोमा खसेको जनाइएको छ । अहिले पिकअपलाई उठाउने तयारी भईरहेको छ । पिकअप चालकको पहिचान भने अझै हुन सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…