जनकपुरमा मन्दिर तोडफोड गर्ने २ जना पक्राउ
दुवै जनालाई आज (आईतबार) अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइने छ ।

२०७७ भदौ ७ आइतबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मन्दिरको पर्खाल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा रहेको नुनियार कुट्टि तोडफोड गरेको आरोपमा स्थानीय रामबाबु सिँह र रँजन कर्णलाई पक्राउ गरेको हो ।
धनुषा प्रहरीका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार उनीहरुले शनिबार नुनियाँ समाजको नुनियार कुट्टिमा पक्राउ गरिएको दुवै जना अभियुक्तले तोडफोड गरेको हो । उनीहरुलाई शनिबार नै पक्राउ गरी धनुषा प्रहरीमा राखिएको छ ।
डिएसपी (प्रवक्ता) मिश्रका अनुसार, दुवै जनालाई आज (आईतबार) अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…