जनकपुरमा थप १ जनाको कोरोनाले मृत्यू !
शुक्रबार (आज) उनको कोरोना रिपोर्ट पोजिटिभ आएको झाले जनाएका छन् । मृतकको दाह संस्कारसमेत भइसकेको छ ।

२०७७ भदौ ५ शुक्रबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा थप एक जनाको कोरोना सँक्रमणबाट मृत्यू भएको छ । उनलाई मृत्यूपछि गरिएको स्वाब परीक्षणपछि कोरोना सँक्रमण पुष्टि भएको हो ।
प्रदेश २ का कोरोना फोकल पर्सन विजय झाका अनुसार धनुषाको नगराईन नगरपालिका वडा नं. ३ फुलगामा बस्ने एक पुरुषमा कोरोना पुष्टि भएको हो । अन्दाजी ५० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको झाले बताएका छन् ।
उनको स्वास्थ्य अवस्था बिग्रेपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि ल्याइएको थियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई स्वाब सँकलन गरी थप उपचारको लागि काठमान्डौ रिफर गरिएकोमा बाटोमै उनको मृत्यू भएको जनाईएको छ ।
शुक्रबार (आज) उनको कोरोना रिपोर्ट पोजिटिभ आएको झाले जनाएका छन् । मृतकको दाह संस्कारसमेत भइसकेको छ ।
मृतक व्यक्ति मुटु तथा थाइराइडका रोगी थिए । यससँगै कोरोना संक्रमणबाट धनुषामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…