धनुषाः भारतसँगकोे सबै नाकामा खुल्लै, सुरक्षाकर्मी रमिते
सरकारले सिल गरिएको भनिएको नेपाल भारत बोर्डरमा दुवै तर्फको सुरक्षाकर्मीको कमाई खाने भाँडो बनेको छ ।

२०७७ भदौ ५ शुक्रबार, दिउँसो १२:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लासँग रहेको नेपाल भारतको सीमा सरकारले सिल गरिएको भनिएपनि पूर्ण रुपमा आवतजावत निर्वाध रुपमा भइरहेको छ ।
धनुषाको महिनाथपुर नाका, दुहबी नाका, महुवा नाका, धनौजी नाकाहरुमा निर्वाध रुपमा आवतजावत जारी छ । कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेपनि सीमाको आवतजावत रोकिएको छैनन् ।
दुहबी नाका र धनौजी नाकाबाट दिनहुँ सयौंको सँख्यामा नेपालबाट भारत र भारतबाट नेपाल आउने क्रम रोकिएको छैनन् । दैनिक उपभोग्य वस्तुदेखि लिएर बिलेकियाहरुले समेत सर समानहरु भारतबाट ल्याउने क्रम जारी छ ।
विभिन्न नाकामा बसेका नेपाली सुरक्षाकर्मीहरु भने रमिते भएर बसेका छन् । कोरोना भाइरस भारतबाट आएकाहरुमा अधिकांश देखिएको छ । केही दिन अघि धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ मा मृत्यू भएका एक व्यापारी पनि भारतबाट आएपछि कोरोना लागेको थियो ।
तर, महिनाथपुर नाकामा अहिले पनि ग्रामिण स्तरबाट हजारौंको सँख्यामा नेपालीहरु भारतबाट समान किनेर ल्याउने गरेका छन् । सो वापत प्रहरीलाई केही रकम दिएर कुरा मिलाउने गरेको बताइएको छ ।
भारतबाट समान ल्याउने बिलेकियाहरुले प्रहरीलाई एक ट्रिपको १०० देखि ३०० सम्म दिएर समान ल्याउने गरिन्छ । जनकपुर सहित शहरिया क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि गाउँ स्तरमा भने न त कहिले लकडाउनको प्रभाव देखियो न त निषेधाज्ञाको नै ।
सरकारले सिल गरिएको भनिएको नेपाल भारत बोर्डरमा दुवै तर्फको सुरक्षाकर्मीको कमाई खाने भाँडो बनेको छ । केही रकमको लोभमा सीमामा खटेका सुरक्षाकर्मीहरु कोरोना समुदाय स्तरमा झन मोटो बनाउन लागेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…