शिक्षक ठाकुरको कोरोना नेगेटिभ, यी ३ जनाको पहलमा जनकपुर ल्याइदै
बुधबार न्यूज ब्यूरोका समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोका धनुषा प्रमुख पत्रकार विनय कुमार यादवले चासो लिएका थिए ।

२०७७ भदौ ४ बिहीबार, राति ८:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मनाँग जिल्ला अस्पतालमा उपचार सम्भव नभएर अस्पतालले अलगै लैजान भनिएको जनकपुरका शिक्षकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गत साउन २२ गते जिल्ला अस्पताल मनाँगमा भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ पिडारीचोक बस्ने बर्ष ४२ का रासलाल ठाकुरलाई निमोनिया सहित स्वाश्प्रश्वासमा समस्या आएपछि उनलाई रिफरको लागि अस्पतालले प्रेस विज्ञप्ति जारी गरेको थियो ।
स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो देखिएपछि उनलाई कोरोनाको आशंका भएको भन्दै जिल्ला अस्पताल मनाँगमा उपचार सम्भव नहुन भन्दै काठमान्डौं वा अन्य ठाउँमा उपचारको लागि लैजान अस्पतालले सम्बन्धित सबै निकायसँग आग्रह गरेको थियो ।
मनाँगको मनाँग निस्याँग गाउँपालिका अन्तर्गत समुदायिक विद्यालयका शिक्षक ठाकुरलाई कोरोनाको लक्ष्ण जस्तै लक्षण देखिएको थियो । मनाँग अस्पतालमा कोरोना फोकल पर्सन डा. सँतोष अधिकारीले प्रेस विज्ञप्ति जारी गरी उनको ज्यान रक्षाको लागि आग्रह गरेका थिए ।
बुधबार न्यूज ब्यूरोका समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोका धनुषा प्रमुख पत्रकार विनय कुमार यादवले चासो लिएका थिए । उनले सम्बन्धित सबै निकाय सहित पहुँचबाला व्यक्तित्वहरुसँग समेत समन्वय गरी ठाकुरको ज्यान रक्षाको लागि पहल गरेको थियो ।
सोही क्रममा नेपाल शिक्षक संघ प्रदेश नं २ को अध्यक्ष मेघनाथ यादवले मनाँग जिल्लाको शिक्षक सँगठनसँग समन्वय गरी भोली (शुक्रबार) जनकपुर ल्याउने तयारी गरेको बताएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष यादवले शिक्षक भएको नाताले कुनै शिक्षक उपचारको अभावमा ज्यान गुमाउन नपरोस भन्दै मानवताको हैसियतले पनि सम्बन्धित जिल्लासँग समन्वय गरी उनलाई भोली गाडीमा राखेर जनकपुर ल्याउने तयारी भएको बताए ।
मनाँग अस्पतालका कोरोना फोकल पर्सन डा. अधिकारीले उनको कोरोना रिपोर्ट नेगेटिभका साथै स्वास्थ्य अवस्थामा समेत सुधार आएको बताएका छन् । तलबाट औषधी समेत मगाएर उनलाई उपचार जारी राखेको र अहिले स्वास्थ्य अवस्थामा सुधार आएको उनले थपे ।
शिक्षक ठाकुरले उपचारको लागि आफू आफ्नै जन्मभूमि जनकपुरै आउने भनेपछि उनलाई जनकपुर ल्याउने तयारी गरिएको नेपाल शिक्षक संघ प्रदेश नं २ को अध्यक्ष यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…