मन्त्री यादवको घरमा चोरी, CIB को टोली आईपुगे !!
विभिन्न अनुसन्धान सम्बन्धी निकायका टोलीहरु घटना अनुसन्धानको लागि मन्त्रीको घर पुगेका छन् ।

२०७७ भदौ ३ बुधबार, बिहान १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । प्रदेश नं. २ को आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवको घरमा गएराती चोरी भएको छ ।
काठमान्डौं स्थित उनको निवासमा गएराती (बुधबार बिहान) करिब २ र ३ बजेको बीचमा चोरी भएको मन्त्री यादवका प्रमुख स्वीकय सचिव सुरेन्द्र कुमार दीपकले जानकारी दिए ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ बोजे पोखरी स्थित उनको निवासमा राती चोर पसेर चोरी गरेको जनाइएको छ । सो क्रममा चोरले २ लाख रुपैयाँ नगद, २ वटा मोबाईल समेत चोरी गरी लगेका छन् ।
बाहिर दिइएको कौशीबाट चढेर झयालबाट भित्र छिरेर चोरले २ लाख नगद सहित मोबाईलसँगै पर्स पनि चोरेर लगेका हुन् । मन्त्री यादवले प्रयोग गर्दै आएको ९८५११४४५५५ / ९८५४०२०७७० नम्बरको सिम सहितको मोबाईल समेत चोरी गरि लगिएको छ ।
घटनाको जानकारी पाए लगत्तै ललितपुर सातदोबाटोको डिएसपीको कमाण्डमा प्रहरीको टोली आएर अनुसन्धान थालेको छ । यसका साथै, सो घटना छानबिनको लागि क्राईच ब्रान्चको टोली, अनुसन्धानको टोली सहित केन्द्रीय अन्वेषण ब्यूरो (सिआईबी) को टोली समेत घटनास्थल पुगेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…