SEE को रिजल्ट आज आउने
विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

२०७७ भदौ १ सोमबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको कारणले ढिलो भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ भने प्राविधिक रुपमा कुनै त्रुटि नभए आजै (सोमबार) अबेर साँझसम्म नतिजा प्रकाशित गरिने जनाइएको छ ।
बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।
परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गर्न लागिएको हो। कोरोनाका कारण परीक्षा सुरु हुनुको पूर्व सन्ध्यामा सरकारले परीक्षा स्थगित गरेको थियो ।
त्यसपछि कोरोना सँक्रमणलाई मध्यनजर गर्दै परीक्षा हटाएर आन्तरिक मुल्याँकनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…