३ वर्षदेखि अस्पतालको सैयामा एक मधेशी, पैसा नभएर जीवन मृत्यूसँग लडदै
हाल महतो सहयोगी हातहरुको प्रतीक्षामा अस्पतालमा उपचाररत छन् ।

२०७७ साउन ३० शुक्रबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक युवक विगत ३ वर्षदेखि अस्पतालको सैयामा जीवन र मृत्यूसँग लडदैछन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता बस्ने बर्ष ३० का शिवनाथ महतो विगत ३ सालदेखि काठमान्डौंको अस्पतालमा जीवन र मृत्यूसँग सँघर्ष गरिरहेका छन् । रकमको अभावका कारण यत्रो वर्षदेखि उनी अस्पतालको बेडमा जीवन विताईरहेका छन् ।
दुवै किडनी फेल भएको उनलाई अहिले काठमान्डौंको राष्ट्रिय मानव अँग प्रत्यारोपण केन्द्र भक्तपुरमा राखिएको छ । ३ सालदेखि रकमको अभावमा जुधिरहेका महतो परिवारले अन्तिमसम्म नसकेपछि सहयोगको लागी सबैसँग गुहार लगाएका छन् ।
तीन सालको लामो समय सम्म काठमान्डौमा बसी उपचार गराई रहदा घर जग्गा समेत बिकिसकेको छ । रकमको अभावमा छटपटाइरहेका महतोकी स्वास्नी र ५ सालकी छोरी काठमान्डौको सडकमा भीख मागि दैनिक जिविका तथा मृगौलाको उपचार गराउन बाध्यता देखाउँदै भक्कानो फोडेर रोए ।
उनले अब आफनो मृगौलाको उपचार गराउन केही बेच्न बाकीँ नरहेको भन्दै सबै पक्षसँग सहयोगको लागि गुहार लगाएका छन् । विदेशमा रहेको विभिन्न सँघसँस्थाहरुसँग सहयोगको अपेक्षा सहित गुहार लगाएका हुन् ।
विगत ३ वर्षदेखि नै निरन्तर अस्पतालको बेडमा रहेका महतोकी श्रीमति समेत पत्थरीको विरामी हुन् । श्रीमानको लागि भिख मागेर भएपनि उपचार गराउन बाध्य भएपनि रकमको अभावमा उनलाई किडनी प्रत्यारोपण भने हुन सकेको छैनन् ।
हाल महतो सहयोगी हातहरुको प्रतीक्षामा अस्पतालमा उपचाररत छन् ।
शिवनाथ बचाउ अभियानको लागि - धर्मेन्द्र साह 9813483695 संतोश महतो 9812140233
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…