सांसद डा. सूर्यनारायण यादवमा कोरोना पुष्टि
सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक बालकबाट आफूलाई कोरोना सरेको बताए ।

२०७७ साउन ३० शुक्रबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधिसभा सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।
बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए । सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए ।
महोत्तरीका ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । उनमा शुरुमा झाडापखाला र पछि निमोनिया पुष्टि भएको थियो, त्यसपछि कोभिड जाँच गराउन भनेपनि त्यो पनि पोजेटिभ नै आएको उनले बताए ।
उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । उनी आफू शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…