जनकपुरको निषेधाज्ञा ७ दिन फेरी थप, बैंकहरु सिफ्टमा खुल्ने
अझ आइसुलेशन बनाउने र बैंक तथा वितिय संस्थाहरू सिफ्ट वाइज खोल्ने निर्णय गरिएको हो।

२०७७ साउन २५ आइतबार, दिउँसो ४:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । कोरोनाको सँक्रमणमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अझै ७ दिनको लािग थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आज (आईतबार) बसेको सुरक्षा समितिको बैठकबाट ७ दिन अझै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जनाएका छन् ।
कोरोना भाइरसको सँक्रमण दिनानुदिन समुदाय स्तरसम्म जडो बनाएको भन्दै सँक्रमण कम गर्नको लागि अझै ७ दिनको निषेधाज्ञा थपिएको बताइएको छ । बैठकमा जनकपुरका उद्योग वाणिज्य सँघको समेत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
जनकपुरका व्यापारीहरुको सन्दर्भमा उठाएको सबालमा व्यापार सँघबाट प्रतिनीधित्व गरेका प्रतिनीधिहरुले कोरोनाको सँक्रमणको वर्तमान अवस्थालाई मध्नयनगर गर्दै पसल तथा व्यावसाय ७ दिन अझै नखोल्ने निर्णयमा सहमति जनाएको हो ।
यसका साथै, जनकपुरको दशरथ तलाउको उत्तरी डीलमा रहेको यात्रीनिवासलाई क्वारेंटाइन बनाउने निर्णय गरिएको हो । अझ आइसुलेशन बनाउने र बैंक तथा वितिय संस्थाहरू सिफ्ट वाइज खोल्ने निर्णय गरिएको हो।
उक्त बैठकमा तिनवटै सुरक्षा निकायका प्रमुख, जनकपुर उप महानगरपालिका का प्रमुख, जिल्ला जन स्वास्थ्यका प्रमुख, प्रादेशिक अस्पतालका मेसू, धनुषा चेम्बर एवं जनकपुर उद्योग बणिज्य संघका पदाधिकारीहरूको उपस्थित थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…