दलित महिला विद्यालयको अध्यक्ष बन्दा लागेको ताला सिडिओले खुलाए
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ४ स्थित आधारभुत प्राविमा केहिदिन पहिले लागेको ताला खुलेको छ । दलित महिला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै स्थानीय केहि व्यक्तिहरुले विद्यालयमा ताला लगाइदिएका थिए । तालाबन्दी सम्बन्धि समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पह

२०७७ साउन २२ बिहीबार, राति १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ४ स्थित आधारभुत प्राविमा केहिदिन पहिले लागेको ताला खुलेको छ ।
दलित महिला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै स्थानीय केहि व्यक्तिहरुले विद्यालयमा ताला लगाइदिएका थिए । तालाबन्दी सम्बन्धि समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा स्कुलमा लगाइएको ताला खोलिएको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि स्थानीय भवानी महरालाई अभिभावकहरु सर्वसम्मत चुनेका थिए । दलित विद्यार्थीको संख्या अधिक भएकाले उनी अध्यक्षमा चुनिएकी थिइन् ।
तर, केहि गैरदलितहरुले दलितलाई नमान्ने भन्दै अनावश्यक रुपमा विवाद खडा गरेका थिए । विवाद सतहमा आएपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, सिरहाका प्रहरी प्रमुख, इप्रका मिर्चैयाका प्रमुख, मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, विद्यालयका प्रधानाध्यापक तथा भवानी महरासहित स्थानीयको बीचमा बुधबार ताल्चा खोलेर विद्यालय सञ्चालन गर्ने सहमति बनेको हो ।
दलितलाई अध्यक्ष स्वीकार नगरेपनि दलित अगुवाहरुले सरकारी निकायमा पहल गरेका थिए । दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलितहरूले आफ्नो हक अधिकारको लागि दृढताका साथ अगाडि बढेपछि मात्र अधिकार पाउने बताए ।
उनले समाज अझै पनि विभेदकै भुमरीमा अल्झेर रहनु दुःखद भएको पनि बताए । उनले जातपात नभई क्षमताको कदर गर्न सबैलाई आग्रह पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…