जनकपुरः ठेकेदारले खनेको खाल्डोमा डुबेर युवकको मृत्यू !
तर कोरोना संक्रमणका कारण विद्यालय र कलेजहरु बन्दा भएपछि अनिल घर आएका थिए ।

२०७७ साउन २२ बिहीबार, बेलुकी ६:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको डुबेर मृत्यू भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. १ स्थित बसही खोलाको छेउमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको हो ।
मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनिवासस्थित बसही खोलाको पश्चिम तर्फ ग्राबेल उत्खनन् गरी बनाएको खाल्डोमा पानीमा नुहाउन गएको युवकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा मिथिला नगरपालिका वडा नं. २ नक्टाझिज बस्ने नरेश महतोका २२ वर्षीय छोरा अनिल कुमार महतोको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
स्थानीयहरुका अनुसार पानीमा डुबेको करिव एक घण्टापछि उद्धार गर्न पानीमा पसेको स्थानीयहरु खोजी गरी युवक महतोलाई निकालेको थियो । युवक महतोलाई पानीबाट निकालेको समयमा गम्भीर अवस्थामा रहेको र एम्बुलेन्सबाट रमदैयास्थित जानकी मेडिकल कलेज लिएर जाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्तक युवक आफ्नो आमाबुवासँगै पोखरामा बसेर अध्ययन गर्दै आएका थिए । तर कोरोना संक्रमणका कारण विद्यालय र कलेजहरु बन्दा भएपछि अनिल घर आएका थिए ।
खोलाको छेउमा स्काइभेटर लगाएर मापदण्ड विपरित ग्रावेल उत्खनन् गर्दा खाल्डो गहिरो भएको र वर्षाको पानी जमेर अहिले पोखरी झै भएकोले स्थानीयहरु त्यसमा नुहाउन जान्छन् । नुहाउने क्रममा अनिल आरपार गर्न खोज्दा हिलो जमेको गहिरो खाल्डोमा परेर डुबेको उनीसँगै नुहाइ रहेका प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
डुबेको बेलादेखि खोजी गर्दा पनि करिव एक घण्टापछि मात्र भेटेको अनिललाई बचाउन नसकिएको उनीहरुको कथन छ । अनिललाई बचाउन दर्जनौ स्थानीयहरुले पानीमा घण्टौ खोजी गरेपछि भेटाएको थियो । अनिलको मृत्युपछि अहिले सो टोल शोकमा डुबेको छ । यता शव पोष्टमार्टमका लागि जनकपुर लगिएको बताइएको छ ।
यस अघि बुधवार पनि सोही खाल्डोमा नुहाउने क्रममै डविरहेको अर्का एक युवकलाई त्यहाँ रहेका अर्का युवकहरुले बचाएका थिए । ग्रावेल उत्खनन् गरी बनाइएको उक्त खाल्डो नक्टाझिज विश्वकर्माचौकदेखि पश्चिम जाने बाटोको छेउमै रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…