'गृहमन्त्री यादवलाई कोरोना लागेको बारे अधिकारिक जानकारी छैन' : झा
यद्यपी, यसको अधिकारिक व्यक्ति, श्रोतले यसलाई अझै पुष्टि गरेको छैनन् ।

२०७७ साउन २२ बिहीबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना पोजिटिभ देखिएको बारे अधिकारिक जानकारी नआएको बताइएको छ ।
कोरोना सम्बन्धी प्रदेश २ को लागि फोकल पर्सन विजय कुमार झाले ल्याबबाट आएको रिपोर्टमा मन्त्री यादवको नाम नरहेको बताएका छन् । उनले आफू पनि फेसबुकहरुमा केही मिडियाहरुमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको बारे समाचारहरु देखेपछि यसको अधिकारिक जानकारी आफूसँग नरहेको बताएका छन् ।
आज (विहिबार) विहान न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा फोकल पर्सन झाले कोरोना लुकाउने विरामी नभएकोले आफूलाई मन्त्री यादवको रिपोर्ट लुकाउन लागेको आरोप पनि लगाउन थालिएको गुनासो पोखे । उनले भने, –“कोरोना पनि लुकाउने विरामी हो र ? यस प्रदेशको अधिकारिक व्यक्ति म हुँ, ल्याबाट आएको रिपोर्टमा मन्त्री ज्यूको नाम नै छैन अनि कसरी भन्ने कोरोना पोजिटिभ ? अहिलेसम्म त आएका छैन । पछिको कुरा र यस सन्दर्भमा अहिले भन्न सक्दैन ।”
केही मिडियाहरुले मन्त्री यादव सहित मन्त्रालयकै केही कर्मचारीहरुमा कोरोना पुष्टि भएको समाचार प्रकाशित गरेको छ । यद्यपी, यसको अधिकारिक व्यक्ति, श्रोतले यसलाई अझै पुष्टि गरेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…