फेरी 'लकडाउन' हुने सम्भावना प्रबल
विज्ञहरुसँगको छलफल यस सम्बन्धमा जारी रहेको बताइएको छ ।

२०७७ साउन २० मंगलबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौं । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेपछि देशमा पुनः लकडाउन हुने सम्भावना प्रबल भएको छ ।
आज (मँगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना सम्बन्धि विज्ञहरुले दिएको लकडाउन सम्बन्धी सुझावमा प्रधानमन्त्री केपी शर्मा ओली साकारात्मक भएको बुझिएको छ ।
कम्तीमा पनि २ साता लकडाउन गर्न विज्ञहरुले दिएको सुझावमा प्रम ओली साकारात्मक भएको बताइएको छ । कोरोनाको अवस्था समुदाय स्तरमा पुगेको र अवस्था भयावह हुँदै गएको भन्दै केही नियन्त्रण गर्नका लागि कम्तीमा पनि २ हप्ता लकडाउन गर्न सुझाव दिएको हो ।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको जसपाका नेता महन्थ ठाकुरले बताए । विज्ञहरुसँगको छलफल यस सम्बन्धमा जारी रहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…