जनकपुरमा कर्फ्यू, गाउँमा मेला
मेलालाई प्रहरीले पनि रोकछेक गरेन् । समुदाय स्तरमा कोरोना फैलिएको छ ।

२०७७ साउन २० मंगलबार, बिहान ९:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेको भन्दै सँक्रमण रोक्नको लािग जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर तथा आसपासको केही क्षेत्रमा आजदेखि कर्फ्यू लगाएपनि ग्रामिण भेकमा मेला लगाइएको छ ।
स्थानीय प्रशासनले जनकपुर शहर लगायत आसपासको क्षेत्रमा आवागमन बन्द गर्दै कर्फ्यू लगाएपनि जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको धनुषाको जनकनन्दिनी गाउँपालिकामा मेला लगाइएको छ ।
सोमबार हिन्दु धर्मावलम्बीहरुको रक्षा पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा र झुलनोत्वसको अवसरमा जनकनन्दिनी गाउँपालिकाको वडा नं. ३ महुवामा भव्य रुपमा मेला लगाइएको छ । मेलाको साथै प्रशासनले तत्कालै प्रतिबन्ध गरेको जमघट र साँस्कृतिक कार्यक्रमहरु समेत निर्वाध रुपमा गरिएको छ ।
प्रत्येक वर्ष त्यहाँ रहेको शिव मन्दिर (भोलाबाबा मन्दिर) मा झुल्नोत्सव मेला लाग्दै आएकोमा यसपाली कोरोनाको महामारीले सबै प्रतिबन्ध गरिएपनि त्यहाँ वडाध्यक्षकै सहमतिमा मेला लगाइएको हो । वडा नं. २ का वडाध्यक्ष विष्णुदेव साहको अनुमति र सहमतिमा मेला सहित डान्स प्रोग्रामहरु गरिएको बताइएको छ ।

नाम नखोल्ने शर्तमा एक जनाले भने, –“महुवा गाउँ भनेको नेपाल भारतको बोर्डरमै छ । कोरोना भाइरस सँक्रमणको उच्च जोखिममा छ । तैपनि अहिलेको अवस्थामा मेला लगाउन दिनु वडाध्यक्षको कमि कमजोरी हो । अब कुन शर्तमा मेला लागेको छ बुझनै सकिएन । ५०० मिटरको दुरीमा मात्र ईलाका प्रहरी कार्यालय खजुरी रहेको छ । मेलालाई प्रहरीले पनि रोकछेक गरेन् । समुदाय स्तरमा कोरोना फैलिएको छ । भोली यसै कारणले विकराल अवस्था नहुने भनेर भन्न सकिदैन ।”
सो सन्दर्भमा जनकनन्दिनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले आफूलाई मेलाको बारेमा जानकारी नभएको प्रतिक्रिया दिइन । उनले अबेर राती मात्र समाजिक सँजालहरुमा देखेपछि मेला सम्पन्न भएको कुरा खवर पाएको बताइन् ।
खजुरी महुवा नेपाल भारतको सीमा सँगै रहेकोले विगतका तथ्याँक अनुसार कोरोना सँक्रमणको जोखिममा रहेको छ । जिल्ला प्रशासनले ठाउँ ठाउँमा सिल तथा कर्फ्यू लगाउने कार्य गरिरहेको अवस्थामा मेला आयोजना गर्नु कोरोना निम्त्याउनु भनिएको छ ।
यता, ईलाका प्रहरी कार्यालय खजुरी र वडाध्यक्ष विष्णुदेव साहसँग भने सम्पर्क गर्दा तत्कालै सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…